मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमित पुनः बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

कोरोना संक्रमित पुनः बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध


बेइजिङ । चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरसविरुद्धको लडाईंलाई फेरि सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षितरुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । 
 
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् । 
 
बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । 
 
बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ । 
 
त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाइ छ । 
 
बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ । 
 
बेइजिङका सार्वजनिक स्थलहरुमा आवतजावत गर्न पनि कडाइ गरिएको समाचारमा जनाइएको छ । पिटिआई