मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना महामारीका कारण बेलायतमा छ लाख श्रमिकले रोजगारी गुमाए

कोरोना महामारीका कारण बेलायतमा छ लाख श्रमिकले रोजगारी गुमाए


लन्डन । कोरोना भाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले मङ्गलबार बताएको छ ।
 
मेको प्रारम्भिक सूचकले सङ्केत गरेअनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २।१ प्रतिशतले घटेको छ । मार्चको तुलनामा यो सङ्ख्या छ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ ।
 
ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कमी हो ।
 
यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको छ । 
 
उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारी को मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९.९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य  सेवा गतिविधि’ क्षेत्रमा ७०.७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । सिन्ह्वा