नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा अब लकडाउन नलम्बिने भएको छ ।
दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागूपर्ने पक्ष र योजनामा आफू नरहेको सोमबार बताएका छन् ।
“आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरि लकडाउन लम्याउने मेरो योजना छैन,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा पनि यही बारेमा छलफल भएको थियो ।
केन्द्रीय राजधानीसमेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आदमी पार्टी (आप)का सांसद् संजय सिंह पनि सहभागी थिए । बैठकमा बिरामीहरुका लागि शैय्या संख्या बढाउने बारेमा पनि छलफल भएको थियो ।
भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आदमी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए ।
बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणलाई कसरी न्यूनीकरण गर्ने, अभाव वा समस्याहरुका विषयमा पनि छलफल भएको थियो । एएनआई
प्रतिक्रिया