मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख ३३ हजार बढीको मृत्यु, ७९ लाख ३१ हजार संक्रमित


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३३ हजार ६५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ३१ हजार १९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
नेपाली समयानुसार आइतबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख ७६ हजार ८०४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख २० हजार ७३४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ५१ हजार ७२७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ६४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १३ लाख ९५ हजार १७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५९ हजार ३८२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ६९ हजार ४६२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४४ हजार ७६२ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २२ लाख ५ हजार १६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८५५ को मृत्यु भएको छ । एसियामा १६ लाख १५ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३९ हजार ४२१३ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा २ लाख ३६ हजार ८४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ३०४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा ।