मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित

कोभिड-१९ : विश्वभर ४ लाख २५ हजारको मृत्यु, ७६ लाख ४२ हजार संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २४ हजार ८५९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७६ लाख ४२ हजार २०१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ६८ हजार १३१  जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४९ हजार २११ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ९४ हजार २३७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १३ लाख १३ हजार ८६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५६ हजार ३९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ९६ हजार ९०३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४२ हजार ७५ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २१ लाख ७१ हजार ६५७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८१ हजार ९६७ को मृत्यु भएको छ । एसियामा १५ लाख २९ हजार १७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३८ हजार ३७८ जनाको मृत्यु भएको छ ।
  
अफ्रिकामा २ लाख २० हजार ९७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ९०६ जनाको मृत्यु भएको छ ।  
 
ओसियानामा ८ हजार ९०१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी