हिमालयखवर संवाददाता
अमेरिका- डलर ४१के (४१ हजार डलर)ले तल झर्यो , सधै क्रिसमस हुदैंन । विहीवार अमेरिकी शेयर बजार घट्दा आफुलाई आज मात्र ४१ हजार अमेरिकी डलर नोक्सान भएपछि रविन बज्राचार्यले यस्तो पोष्ट गरे ।
उनको पोष्टमा प्रतिकृया दिदैं सुरेश अधिकारीले आफ्नो पनि यस्तै हालत भएको उल्लेख गरे । विनोद शाहले प्रतिकृया दिदैं भने ,कुनै दिन ८२ के पनि आउंछ आशा गरौं ।
न्यूयोर्कमा वस्ने रविन पुराना शेयर लगानीकर्ता हुन् । उनले आफुले अमेरिकी स्टक न्यूयोर्क स्टक एक्स्चेञ्जमा २० बर्ष देखि लगानीगर्दै आएको वताए ।
विहिवार अमेरिकी शेयर बजारमा उच्च अंकले गिरावट आयो । झण्डै ७ प्रतिशत अर्थात करिव १८ सय अंकले बजार घट्दा रविनले आफ्नो सम्पत्तिमा विहिवार मात्र ४१ हजार डलर गुमाएका हुन् ।
न्यूयोर्कका रविनमात्र होइन लसएञ्जल्समा बासुदेव घिमिरे देखि टेक्ससका कयौं व्यवसायीले अमेरिकी शेयर बजारमा लगानी गरेका छन् । सियाटल देखि वासिंटन डिस सम्म शेयर बजारमा लगानी गर्ने नेपाली भेटिन्छन । केही नेपाली विद्यार्थी देखि घरजग्गा लगायतमा परामर्श सेवा दिने नेपालीहरुपनि अमेरिकी शेयर बजारमा लगानी गर्छन ।
बासु घिमिरेलाई टेस्ला कम्पनीको शेयर केही महिना अघि विक्री गरेकोमाथ थक थक लागेको छ । उनले ८० डलरमा किनेको टेस्ला कम्पनीको शेयर केही महिना अघि राम्रो नाफामा विक्री गरेका थिए । तर, उनले विक्री गरेपछि शेयरको भाउ झनै अकासियो । यो साता टेस्लाकम्पनीको एक शेयरको मूल्य एक हजार डलरसम्म पुग्यो । केही समय टेस्लाको शेयर होल्ड गर्न सकेको भए मालामाल भईने रहेछ वासुले भने ।
रविनलाई हिजो वुधवार फेसवुकको शेयर विक्री नगरेकोमा पश्चाताप छ । हिजो मैले फेसबुकको शेयर विक्री गर्न सकेको भए नाफा हुने रहेछ । हिजो विक्री गरेको शेयर आज ३० डलर कममा आज किन्न पाइने रहेछ रविनले भने ।
रविन २० बर्ष अघि कसरी न्यूयोर्क स्टकमा खेल्न पुगे ? मैले अमेरिका आउंन अघि नेपालमा पनि शेयर किन बेच गरेको थिए उनले भने त्यही काम यहां पनि शुरु गरें ।
यो दुई दशक लामो अनुभवले के सिकायो ? उनी भन्छन शेयर कहिले विक्री गर्ने त्यो सिक्नु पर्छ अर्थात नाफा लिन समयमा विक्री गर्न सक्नु पर्छ ।
शेयरमा भोलिनै चाहिने पैसा लगानी गर्ने होइन रविन भन्छन् लगानी गर्दा तत्काल नाफा नहुन पनि सक्छ तर, मिलाएर शेयर किनेको छ भने बेफाइदा हुने अवस्था कम हुन्छ ।
कस्तो कम्पनीको शेयर किन्ने ? रविन र बासु दुवै शेयर किन्नुभन्दा अघि कम्पनीको वारेमा केही थाहा पाउनुपर्छ भन्छन् । कम्पनीको सम्पत्ति कति छ, कस्तो प्रकृत्तिको कम्पनी हो त्यो हेरेर लगानी गर्यो भने नोक्सानै परिहाल्ने अवस्था कम हुन्छ ।
कयौं नेपालीहरुले सस्ता एक डलर भन्दा कम मूल्यका पेनी शेयरमा पनि लगानी गर्ने गरेको छन् । त्यस्तो शेयरमा पनि लगानी गर्नु पर्छ कम्पनीले राम्रो गरे कयौं गुना नाफा हुन्छ रविन भन्छन् तर, यस्ता कम्पनीमा मात्र भर पर्नु हुदैंन ।
अमेरिकामा शेयर लगानी गर्नका लागि यहां बैंक खाता भएपुग्छ । बैंक वा ब्रोकर कम्पनीमा खाता खोलेपछि घरमै कम्युष्टर वा फोनवाट शेयर किनवेच, पैसा लेनदेन सवै गर्न सकिन्छ । तर, कति लगानी गर्ने हो त्यस अनुसार ब्रोकर छान्न यसवारेमा वुझेकासंग सल्लाह लिदां फाइदा हुन्छ ।
शेयर कारोवार गर्दा समय र सुचना सवैभन्दा महत्वपुर्ण हुन्छ । कम्पनी कस्तो हो त्यो थाहा पाई लगानी गर्दा ढुक्क हुन सकिन्छ । यसवाहेक समग्र अर्थतन्त्र, सरकार र केन्द्रिय बैंकले लिने निर्णयहरुले बजारमा तत्काल प्रभाव पार्छन । कम्पनीको हरहिसाव, कारोवार रकम, निर्णयहरुले पनि शेयर बजारमा प्रभाव पारेको हुन्छ । यो थाहा पाएर लगानी गर्नु उपयुक्त हुन्छ ।
अर्को महत्वपुर्ण समय हो । कुन बेला किन्ने र विक्री गर्ने यसले नोक्सान र फाइदा गराउंछ । रविन भन्छन् पछि बढ्ला भनेर वस्नु भन्दा पनि आफुले सोचेजस्तो नाफा आएपछि विक्री गर्नु राम्रो हो । शुरुमा लगानी गर्नेले किन्ने केही नाफा भएपछि विक्री गर्ने प्रकृया अपनाउंदै जांदा सुरक्षित हुन सकिने रविन वताउंछन् ।
रविनलाई नेपालमा पनि शेयर किनवेच गर्न मन छ । मैले त्यहां शेयर कारोवार खाता डिम्याट खोल्ने कोसिस गरें तर, एनआरएनए कार्ड देखाउंदा पाइएन । विदेशमा वस्ने नेपालीलाई शेयर कारोवार गर्न दिएमा नेपालले धेरै फाइदा लिन सक्छ उनले भने । अव विदेशमा वस्ने नेपालीका लागि कारोवार खोल्नु पर्छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया