मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु

दक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु


दक्षिण अमेरिका । दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । 
 
दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९२१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७१५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २७१ जना तथा इक्वेडरमा १ हजार ५६९ जनाको ज्यान गएको छ । विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ । 
 
इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अबलम्बन गरिरहेका छन् । 
 
प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन ९पीएएचओ० ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा “धेरै उच्च” रहेको चेतावनी दिएको छ । 
 
ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वाधिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो । 
 
अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५।२ प्रतिशतले संकुचन हुने जनाएको छ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५९ हजार ४०८ मानिसको मृत्यु भइसकेको छ भने ३७ लाख ५६ हजार बढी संक्रमित छन् । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares