मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिन १२८ जनाको मृत्यु, ४९ हजार ४३६ संक्रमित

भारतमा एकैदिन १२८ जनाको मृत्यु, ४९ हजार ४३६ संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट बुधबार मध्यान्हसम्म ज्यान गुमाउनेको संख्या एक हजार ६९५ पुगेको छ ।
 
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा ज्यान गुमाउनेको संख्या १२९ नाघेको हो ।
 
भारतमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४९ हजार ४३६ पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसका दुई हजार ९६३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ४९ हजार ४३६ पुगेको हो ।
 
हालसम्म भारतमा १४ हजार १८३ संक्रमित उपचारपश्चात् घर फर्किसकेका छन् । भारतको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares