मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युरोपेली मुलुकमा सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाए

युरोपेली मुलुकमा सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाए


काठमाडौँ । युरोपेली मुलुकमा कोरोना भाइरस (कोभिड १९) का कारण सबैभन्दा बढी बेलायतका नागरिकको मृत्यु भएको छ । केही दिनअघिसम्म इटाली, स्पेन र फ्रान्सभन्दा कोरोना संक्रमणको प्रभाव कम देखिएको बेलायतमा पछिल्लो समय सबैभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 
 
इटालीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गुमाउँदा बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ७३४ रहेको थियो । तर, पछिल्लो २४ घन्टामा बेलायतमा इटालीलाई उछिन्दै २९ हजार ४२७ जनाको ज्यानले ज्यान गुमाएका छन् । इटालीमा २९ हजार ३१५ को मृत्यु भएको छ । 
 
पछिल्लो चौबिसघन्टायता बेलायतमा ६९३, इटालीमा २३६, फ्रान्समा ३३० र स्पेनमा १८५ जनाको मृत्यु भएको छ । यस अवधिमा बेलायतमा ४४०६, इटालीमा १०७५, फ्रान्समा १०८९ र स्पेनमा २२६० जना नयाँ संक्रमित थपिएका छन् । 
 
बेलायतमा हालसम्म १ लाख ९४ हजार ९९० मा कोरोना संक्रमणको पुष्टि भएको छ भने इटालीमा २ लाख १३ हजार १३, फ्रान्समा १ लाख ७० हजार ५५१ र स्पेनमा २ लाख ५० हजार ५६१ जनामा संक्रमित भएकोमा बेलायतमा १ लाख ६५ हजार २१९, इटालीमा ९८ हजार ४६७, फ्रान्समा ९२ हजार २८४ र स्पेनमा ७० हजार २३० जनाको उपचार जारी रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । 
 
अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । कुल १२ लाख ३७ हजार ६३३ जना संक्रमित रहेको अमेरिकामा बुधबार बिहानसम्म ७२ हजार २७१ जनाको ज्यान गइसकेको छ । अमेरिकापछि मृत्यु हुनेको संख्या बेलायतमा धेरै देखिएको छ । बेलायतमा २९ हजार ४२७ ले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगमा