काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या दुई लाख ५८ हजार नाघेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५८ हजार ३५६ पुगेको हो ।
कोरोना भाइरसबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको छ । अमेरिकामा ७२ हजार २७१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै, बेलायतमा २९ हजार ४२७, इटालीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको कोरोनाका कारण मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ ।
विश्वका २१२ देश र आसपासमा फैलिएको कोरोना भाइरसबाट हालसम्म ३७ लाख २८ हजार ४७मानिस संक्रमित भएकोमा १२ लाख ४२ हजार ५०० जना उपचारपश्चात् निको भएका छन् ।
हाल २२ लाख २७ हजार १९१जनाको उपचार जारी छ भने संक्रमितको दुई प्रतिशत अर्थात् ४९ हजार २४८ जनाको स्थिति जटिल रहेको छ ।







प्रतिक्रिया