मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९: विश्वभर ३६ लाख ४७ हजार संक्रमित, दुई लाख ५२ हजार बढीको मृत्यु

कोभिड-१९: विश्वभर ३६ लाख ४७ हजार संक्रमित, दुई लाख ५२ हजार बढीको मृत्यु


काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ३६ लाख ४७ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १२ लाख ५७३ जना निको भई घर फर्किएका छन् । 
 
विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ५२ हजार ४४२ मानिसको ज्यान गएको छ । अझै २१ लाख ९३ हजार ८१९ जना बिरामीले विभिन्न अस्पतालमा उपचार गराइरहेकोमा ४९ हजार ६४४ जनाको अवस्था जटिल रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २१ लाख ४४ हजार १७५ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १२ लाख १२ हजार ९५५ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ६९ हजार ९२५ पुगेको छ । अमेरिकामा ९ लाख ५४ हजार ९६२ जनाको उपचार जारी छ भने १ लाख ८८ हजार ६८ जना निको भई घर फर्किएका छन् । 
 
स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएकोमा २५ हजार ४२८ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख ११ हजार ९३८ जना बिरामी रहेकोमा २९ हजार ७९ को ज्यान गएको छ । युकेमा १ लाख ९० हजार ४८४ जना संक्रमित भएकोमा २८ हजार ७३४ ले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६९ हजार ४६२ संक्रमित छन् भने २५ हजार २०१ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ६६ हजार १५२ जना संक्रमित भएकोमा ६९९३ जनाको मृत्यु भएको छ । 
 
यस्तै, रसियामा एक लाख ४५ हजार २६८ संक्रमित रहेका छन् भने १३५६ जनाले ज्यान गुमाएका छन् । टर्कीमा १ लाख २७ हजार ६५९ बिरामी रहेकोमा ३४६१ जनाको निधन भएको छ । यस्तै, ब्राजिलमा १ लाख ८ हजार ६२० संक्रमित भएकोमा ७३६७ को मृत्यु भएको छ । इरानमा ९८ हजार ६४७ संक्रमित छन् भने ६२७७ को मृत्यु भएको छ । चीनमा ८२ हजार ८८१ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
 
क्यानडामा ३८५४, बेल्जियममा ७९२४, पेरुमा १३४४, नेदरल्याण्ड्स ५०८२, भारतमा १५७१, स्वीट्जरल्याण्डमा १७६०, इक्वेडरमा १५६९, पोर्चुगलमा १०६३, मेक्सिकोमा २२७१, स्वीडेनमा २७६९, आयरल्याण्डमा १३१९ र पाकिस्तानमा ४८६ जनाको मृत्यु भएको छ ।   
 
नेपालमा हालसम्म ८२ जना संक्रमित रहेका छन् भने १६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।