मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रेस स्वतन्त्रता दीवसमा नेजाद्वारा अन्तरकृया

प्रेस स्वतन्त्रता दीवसमा नेजाद्वारा अन्तरकृया


अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विश्व प्रेस स्वतन्त्रता दीवसका अवसरमा आइतबार अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।
 
जुम मार्फत गरिएको अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य, महासंघका पूर्ब सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक तीर्थ कोइराला, नेजाका निवर्तमान अध्यक्ष भोला आचार्य लगायतको सहभागिता थियो ।
 
कार्यक्रममा सभापति आचार्यले प्रेस स्वतन्त्रताको अवस्था अझै पनि मजवुत हुन नसकिरहेको र पत्रकारहरु प्रताडीत हुने क्रम जारी रहेकोले राज्यले प्रेसलाई शत्रुका रुपमा भन्दा सहयोगीका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
 
नेपालमा मात्र नभएर संसारभरिका सरकारहरु प्रेसप्रति अनुदार र कडाई गर्ने नियतमा रहेकोमा दुःख व्यक्त गर्दै आचार्यले स्वतन्त्र प्रेसले राज्यका अंगहरुले झै सहयोग गरिरहेको हुने बताउनुभयो ।
 
कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तथा महासंघका पूर्ब सभापति दाहालले सही र सत्य सूचना जनसमक्ष पु¥याउनका लागि पनि प्रेस स्वतन्त्र हुनुपर्नेमा दिनुभयो । ‘अहिले जस्तो प्रकोपको समयमा अझै स्वतन्त्र प्रेसको महतव बढेको छ । स्वतन्त्र प्रेसले मात्र सही र तथ्यपूर्ण सूचना दिएर नागरिक समक्ष वास्तविक सूचना पु¥याउन सक्छ’ उहाँले भन्नुभयो ।    
 
‘त्राश र भयबाट मुक्त गराउनुनै पत्रकारिताको लागि महत्वपूर्ण विषय हो’ उहाँले भन्नुभयो । 
 
त्यस अवसरमा प्रेस ईन्स्टिच्युटका कार्यकारी निर्देशक तथा थाहाखबर अनलाइनका सम्पादक कोइरालाले कोरोना भाइरसको प्रकोप संसारभरिका मिडिया र पत्रकारका लागि चुनौति र अवसर दुबै रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले नेपालका पत्रकाहरुले घरबाटै रिपोर्टिङ, प्रशारण गरेर जनसमक्ष सूचना प्रवाह गरिरहेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । 
 
कोरोनाका कारण अरु क्षेत्रहरुमा जस्तै मिडियामा पनि आर्थिक समस्या आउनसक्ने संभावना औंल्याउँदै उहाँले त्यो प्रेस स्वतन्त्रताका लागि वाधक बन्ने बताउनुभयो । ‘किनकी आर्थिक संकटले गर्दा मिडियाले विज्ञापनदाताको दबदबा बढेर सही सत्य समाचार बाहिर ल्याउन नसक्ने अवस्था आउनसक्छ’ उहाँले भन्नुभयो । 
 
कार्यक्रममा नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यले अमेरिकामा नेपाली सामुदायीक पत्रकारितामा संलग्न डेढसयको हाराहारीमा रहेको उल्लेख गर्दै नेपाल सरकारले उचित मूल्यांकन गर्न नसकेको बताउनुभयो । उहाँले संसारभरि छरिएर रहेका नेपाली पत्रकारहरुले त्यो मुलुक, त्यहाँका नेपालीभाषी र मातृभूमि नेपाललाई जोडिरहेको समेत चर्चा गर्नुभयो ।
 
नेजाका महासचिव किरण मरहठ्ठाले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले कोभिड १९ का प्रभावले विश्वभरिकै मिडियाहरु नयाँ ट्रेण्डमा गइरहेको र प्रकोप मिडियाका लागि चुनौतिका रुपमा मात्र नभएर अवसरका रुपमा पनि त्यत्तिकै प्रयोग भैरहेको सन्दर्भ उल्लेख गर्नुभो। 
 
प्रेस पहिलेभन्दा निकै सक्षम, नयाँ प्रविधिमा गइरहेको भएपनि अझै पनि आश, डर र त्राशबाट मुक्त हुन नसकेको उल्लेख गर्र्दै उहाँले शासकहरुले आफ्नो अनुकुलताका समाचार, लेख, सामग्रीमात्र खोज्ने परिपाटी अझै नहटेको, स्वस्थ आलोचना, सुझावलाई पचाउन नसक्ने संस्कारबाट अझै पनि सरकारका अंगहरु मुक्त हुन नसकेको बताउनुभयो ।