मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो

दुई कोरियाको सीमा क्षेत्रमा गोली चल्यो


सियोल । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुबीच गोली हानाहान भएको दक्षिण कोरियाली उच्च सैन्य अधिकारीले बताएका छन् । 
 
दुई कोरियालाई छुट्टयाउने असैनिक क्षेत्रमा उक्त घटना भएको हो । पछिल्लो पाँच वर्षयता पहिलोपटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियाली सुरक्षापोस्टतर्फ लक्षित गरी तीसौं राउन्ड गोली चलाएका थिए ।
 
जवाफमा दक्षिण कोरियाली सेनाले पनि दुईपटक गोली प्रहार गरेको उनीहरुको थियो । 
 
दक्षिण कोरियाको सेनाले निकालेको वक्तव्यमा गोली हानाहान भए पनि कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ । 
 
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिनपछि सार्वजनिक भएको भोलिपल्ट यस्तो घटना भएको हो ।
 
सर्वोच्च नेता उन अस्वस्थ रहेको भन्दै केही दिनदेखि हल्ला चलेको थियो भने दक्षिण कोरियाली अधिकारीहरुले हल्ला चलाएको बताइएको थियो । 
 
दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । बाहिर सम्बन्ध सुध्रिए जस्तो देखिए पनि यी दुई मुलुकका बीचमा अझै पनि धेरै विषयमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ । एपी
 

शेयर गर्नुहोस:

0
Shares