मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड-१९ : विश्वभर ३५ लाख १६ हजार संक्रमित, दुई लाख ४५ हजार ६१७ जनाको मृत्यु

कोभिड-१९ : विश्वभर ३५ लाख १६ हजार संक्रमित, दुई लाख ४५ हजार ६१७ जनाको मृत्यु


काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ३५ लाख १६ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये ११ लाख ३४ हजार ८४ जना निको भई घर फर्किएका छन् । 
 
विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड-१९ बाट हालसम्म दुई लाख ४५ हजार ६१७ मानिसको ज्यान गएको छ । अझै २१ लाख ३६ हजार ४२ जना बिरामीले विभिन्न अस्प्तालमा उपचार गराइरहेकोमा ५० हजार ५८० जनाको अवस्था जटिल रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये २० लाख ८६ हजार १०० को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल ११ लाख ६७ हजार २६४ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ६७ हजार ६०५ पुगेको छ । अमेरिकामा ९ लाख २५ हजार ६४२ जनाको उपचार जारी छ भने १ लाख ७४ हजार १७ जना निको भई घर फर्किएका छन् । 
 

स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएकोमा २५ हजार २६४ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख ९ हजार ३३८ जना बिरामी रहेकोमा २८ हजार ७१० को ज्यान गएको छ । युकेमा १ लाख ८२ हजार २६० जना संक्रमित भएकोमा २८ हजार १३१ ले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६८ हजार ३९६ संक्रमित छन् भने २४ हजार ७६० ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ६५ हजार ८६ जना संक्रमित भएकोमा ६८१२ जनाको मृत्यु भएको छ । 
 
यस्तै, रसियामा एक लाख ३४ हजार ६८७ संक्रमित रहेका छन् भने १२८० जनाले ज्यान गुमाएका छन् । टर्कीमा १ लाख २४ हजार ३७५ बिरामी रहेकोमा ३३३६ जनाको निधन भएको छ । इरानमा ९७ हजार ४२४ संक्रमित छन् भने ६२०३ को मृत्यु भएको छ । यस्तै, ब्राजिलमा ९७ हजार १०० संक्रमित भएकोमा ६७६१ को मृत्यु भएको छ । चीनमा ८२ हजार ८७७ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
 
क्यानडामा ३६०६, बेल्जियममा ७८४४, पेरुमा १२००, नेदरल्याण्ड्स ५०५६, भारतमा १३२३, स्वीट्जरल्याण्डमा १७६२, इक्वेडरमा १३७१, पोर्चुगलमा १०४३, स्वीडेनमा २६७९, आयरल्याण्डमा १२८६, मेक्सिकोमा २०६१ जनाको मृत्यु भएको छ ।   
 
नेपालमा हालसम्म ७५ जना संक्रमित रहेका छन् भने १६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares