मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा दुई साता लकडाउन थप गर्ने निर्णय

भारतमा दुई साता लकडाउन थप गर्ने निर्णय


नयाँ दिल्ली । कोरोना भाइरसको विश्वव्यापी प्रकोप रोकथामका लागि भारतमा लागू भइरहेको लकडाउनको अवधि फेरि पनि दुई साता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले शुक्रबार यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 
 
भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 
 
सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 
 
लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोना भाइरसको सङ्क्रमण व्यापकरुपमा फैलिन सक्ने अधिकांशको निष्कर्ष रहको बताइएको छ । 
 
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरे पनि केही हदसम्म खुकुलो भने बनाएको छ । देशलाई कोरोना भाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाइ छ । 
 
भारतमा केन्द्रीय सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गीकरण गरेको छ । 
 
निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साइकल, रिक्सा, अटोरिक्सा, ट्याक्सीलगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।  
 
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १५४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको सङ्ख्या ७७ रहेको छ । भारतमा हालसम्म निको हुनेको संख्या ९ हजार ६८ पुगेको छ । एएनआई

शेयर गर्नुहोस:

0
Shares