मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लकडाउन खोल्न मिसिगन राज्यको राजधानीमा बन्दुकसहित प्रदर्शन

लकडाउन खोल्न मिसिगन राज्यको राजधानीमा बन्दुकसहित प्रदर्शन


अमेरिका । बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसद्ले बुलेटप्रुफ भेष्टसमेत लगाएका थिए । 
 
ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौँ प्रदर्शनकारी हाउस चेम्बरभित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए । 
 
मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।
 
“राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,” सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेका छन् । ट्वीटमा उनले सार्वजनिक गरेको तस्बिरमा चार जना पुरुष देखाइएको छ जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ । “बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ ।”
 
प्लेकार्डसहित संसद् भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । 
 
अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो । यो समूहमा ८ हजार ८०० भन्दा बढी व्यक्ति सदस्य रहेका छन् । 
 
यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 
 
गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।
 
एक दिन पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै (लिबरेट मिसिगन) अर्थात् मिसिगनलाई मुक्त गरौँ” भन्दै ट्वीट गरेका थिए । गभर्नर ह्विटमरले सिएनएनलाई प्रदर्शनकारी “रिसाउनु ठीक छ” भन्दै प्रतिक्रिया दिएका थिए । एएफपी

शेयर गर्नुहोस:

0
Shares