मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दक्षिण कोरियामा पहिलोपटक एक जनामा पनि सङ्क्रमण देखिएन

दक्षिण कोरियामा पहिलोपटक एक जनामा पनि सङ्क्रमण देखिएन


सोल । दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फैलिएदेखि आज बिहीबार पहिलोपटक कुनै पनि सङ्क्रमित भेटिएका छैनन् । 
 
देशको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार बिहीबार कोरोना भाइरसबाट कुनै पनि व्यक्ति सङ्क्रमित भएको विवरण आएको छैन ।
 
दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेको मन्त्रालयले जनाएको छ । कोरियाको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रमा बिहीबार कुनै पनि सङ्क्रमितको विवरण दर्ता नभएको उल्लेख गरिएको छ । 
 
विकसित मुलुकका दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म १० हजार ७६५ जना सङ्क्रमित भएका छन् भने २४७ जनाको मृत्यु भएको छ ।   
 
कोरोना भाइरसबाट कुनै पनि नयाँ व्यक्ति सङ्क्रमित भएको विवरण नआएको दिनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले खुसियालीको दिनका रुपमा स्मरण गरेका छन् । उनले यस्तो खुसीको दिन आउनुमा आम नागरिकको समूहिक प्रयासबाट सम्भव भएको उल्लेख गर्दै यसको श्रेय आम नागरिकलाई नै दिएका छन् । 
 
हाम्रो देशका कोरोना भाइरसको सङ्क्रमण फैलिएको आज ७२ दिन भएको छ, आज दिनभरी कुनै पनि व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण नआएको पहिलो दिन भएको छ, राष्ट्रपति मुनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 
 
कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नियन्त्रणमा पाएको सफलताको विश्व स्वास्थ्य सङ्गठनलगायत विश्व समुदायले कोरियाली स्वास्थ्य सेवाको प्रशंसा गरिएको छ । यद्यपि कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएका वल्र्डोमिटरले भने दक्षिण कोरियामा बिहीबार राति थप चार व्यक्ति संक्रमित र एक जनाको निधन भएको जनाएको छ । एएनआई