मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरसबाट ३३ लाख २१ हजार बढी संक्रमित, १० लाख ५० हजार निको भई फर्किए

कोरोना भाइरसबाट ३३ लाख २१ हजार बढी संक्रमित, १० लाख ५० हजार निको भई फर्किए


काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ३३ लाख २१ हजार ६६१ मानिस संक्रमित भएका छन् । जसमध्ये १० लाख ५० हजार निको भई घर फर्किएका छन् । 
 
विश्वका ११० भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ३४ हजार ४०४ मानिसको ज्यान गएको छ । अझै २० लाख ३७ हजार ५२९ जना बिरामीले विभिन्न अस्प्तालमा उपचार गराइरहेकोमा ५० हजार ९२६ जनाको अवस्था जटिल रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ । उपचाररत बिरामीमध्ये १९ लाख ८६ हजार ६०३ को अवस्था मध्यम रहेको जनाइएको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा संयुक्तराज्य अमेरिका रहेको छ । यहाँ कुल १० लाख ९५ हजार ३०४ जना संक्रमित भएकोमा मृत्यु हुनेको संख्या ६३ हजार ८७१ पुगेको छ । अमेरिकामा ८ लाख ७५ हजार ६९६ जनाको उपचार जारी छ भने १ लाख ५५ हजार ७३७ जना निको भई घर फर्किएका छन् । 
 
स्पेनमा २ लाख ३९ हजार ६३९ जना संक्रमित भएकोमा २४ हजार ५४३ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा २ लाख ५ हजार ४६३ जना बिरामी रहेकोमा २७ हजार ९६७ को ज्यान गएको छ । युकेमा १ लाख ७१ हजार २५३ जना संक्रमित भएकोमा २६ हजार ७७१ ले ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६७ हजार १७८ संक्रमित छन् भने २४ हजार ३७६ ले ज्यान गुमाएका छन् । यस्तै, जर्मनीमा १ लाख ६३ हजार ९ जना संक्रमित भएकोमा ६६२३ जनाको मृत्यु भएको छ । 
 
यस्तै, टर्कीमा १ लाख २० हजार २०४ बिरामी रहेकोमा ३१७४ जनाको निधन भएको छ । रसियामा एक लाख १४ हजार ४३१ संक्रमित रहेका छन् भने ११६९ जनाले ज्यान गुमाएका छन् । इरानमा ९४ हजार ६४० संक्रमित छन् भने ६०२८ को मृत्यु भएको छ । यस्तै, चीनमा ८२ हजार ८७४ संक्रमित रहेकोमा ४६३३ जनाको मृत्यु भएको छ ।
 
ब्राजिलमा ५५१३, क्यानडा ३१८४, बेल्जियम ७७०३, नेदरल्याण्ड्स ४७९५, पेरुमा १०५१, भारतमा ११५४, स्वीट्जरल्याण्डमा १७३७, इक्वेडरमा ९००, पोर्चुगलमा ९८९, स्वीडेनमा २५८६, आयरल्याण्डमा १२३२, मेक्सिकोमा १८५९ जनाको मृत्यु भएको छ ।   
 
नेपालमा हालसम्म ५९ जना संक्रमित रहेका छन् भने १६ जना उपचारपश्चात् निको भएका छन् । कोरोना रोकथामका लागि सरकारले वैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । एजेन्सीहरुको सहयोगमा ।

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares