मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतको केरलामा मास्क नलगाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना

भारतको केरलामा मास्क नलगाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना


केरला । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । 
 
केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिकमात्र नभएर त्यहाँका पसले तथा सबै नागरिकलाई जरिवाना दिने बताइएको छ ।  
 
पसलमा आउने सबै ग्राहकलाई पनि स्यानिटाइजर उपलब्ध गराउनुपर्ने तथा दुरी कायम गरेर पसल सञ्चालन गर्नुपर्ने नियम पनि बनाइएको केरला प्रहरीले जनाएको छ । 
 
केही दिनयतादेखि भारतमा पनि कोरोना भाइरसका विरामीहरुको संख्या बढ्दै गएपछि यहाँका विभिन्न राज्यले रोकथामका उपायहरु कडा पारेका छन् । यसैअनुरुप केरला प्रहरीले पनि यस्तो प्रावधान ल्याएको बताइएको छ । एएनआई