मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मुम्बईमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण

मुम्बईमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण


मुम्बई । भारतको मुम्बई सहरमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ ।
 
प्राप्त समाचारअनुसार मुम्बईका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।
 
उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी हुन् । उनीहरु सबैजनाको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ । तीमध्ये पाँचजना नर्सलाई भने आइसियूमा राखेर उपचार गरिएको समाचारमा जनाएको छ ।
 
भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिका अनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताइएको छ । उनीहरुको अवस्था हाल खराब नरहेको सो अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
 
यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।
 
महाराष्ट्र राज्यमामात्र कोरोनाका ५ हजार २२९ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये गएको २४ घन्टाभित्र यस राज्यमा मात्र ५५३ जना संक्रमित भेटिएका हुन् ।
 
यस राज्यमा मात्र कोरोना संक्रमणबाट २५१ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्राप्त समाचारमा गएको २४ घन्टाभित्र मात्र यहाँ यो संक्रमणबाट १९ जनाको ज्यान गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
 
भारतमा बुधबार रातिसम्म २० हजार ४७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै हालसम्म ६५२ जनाले ज्यान गुकाएका छन् । जसमा २४ घन्टायता मात्र यहाँ यो संक्रमणबाट ५७ जनाको ज्यान गएको बताइएको छ ।
 
भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । गएको २४ घन्टायता मात्र यहाँका १ हजार ३८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
 
यो संख्या भारतमा भएको कोरोनाको संक्रमण अवधिमा २४ घन्टाभित्र देखिएको सबैभन्दा धेरै हो । पछिल्ला दिनहरुमा कोरोनाका संक्रमितहरु थपिँदै गएपछि सरकारले पनि बढी सतर्कता अपनाएका समाचारहरु आइरहेका छन् ।  
 
यसैगरी, भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिएका हुन् । यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको छ ।
 
नयाँ दिल्लीमा रहेका यी संक्रमितमध्ये २७ जना आइसियुमा रहेका छन् भने ५ जना भेन्टिलेटरमा राखिएको स्वास्थ्यमन्त्री जैनले एएनआई समाचार समितिलाई बताए ।
 
यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उनले दिए । तर, कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उनले केही बताएनन् । 
 
त्यसैगरी महाराष्ट्र राज्यमा पनि कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि हामीहरुले विशेष व्यवस्था गर्नेछौँ, मन्त्री जैनले बताए । पत्रकारहरुले आफूले चाहेमा परीक्षण गर्न सक्ने पनि उनले बताए । एएनआई