मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ट्रम्पद्वारा किम जोनको स्वास्थ्य लाभको कामना

ट्रम्पद्वारा किम जोनको स्वास्थ्य लाभको कामना


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका हुन् ।
 
‘उहाँ सिकिस्त बिरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्णस्वास्थ्य लाभको कामना गर्न सक्दछु, ट्रम्पले भनेका छन् । 
 
दैनिक एक कार्यक्रममा उनले किमसँग आफ्नो निकै राम्रो सम्बन्ध बन्दै गएको पनि स्मरण गरेका छन् । 
 
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका हुन् । 
 
नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएका थिए । 
 
उनी त्योभन्दा चार दिनअगाडि एउटा सरकारी बैठकमा भने देखिएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
 
तर, उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् । 
 
योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । 
 
उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होइन, एक सरकारी उच्च अधिकारीले भने ।  
 
अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गरे । 
 
उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले बेला बेलामा सूचनाप्रतिको अन्यौलता सृजना हुने गर्दछ । एएनआई

शेयर गर्नुहोस:

0
Shares