अस्टिन (टेक्सस) । अमेरिकामा रहेर पनि मातृभूमिका लागि विभिन्न रचनात्मक कार्य गरिरहेका सामाजीक अभियन्ता हेम पाठकले उत्कृष्ठ कवि र कवितालाइ एकहजार डलर पुरस्कार दिने घोषणा गरेका छन् ।
पाठकद्वारा स्थापित 'हेम सरिता पाठक फाउण्डेसन'ले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गीतहरुलाई पुरस्कार दिँदै आएको फाउण्डेसनले एक हजार डलर राशीको पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कविताको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्ने फाउण्डेसनले जनाएको छ । बढीमा दुई सय शब्दका कवितालाई प्रतियोगितामा सामेल गरिने र जेठ ३० गतेसम्म कविताहरु इमेलबाट लिइने आयोजकले जनाएको छ । कबिता पठाउन ईमेल ठेगना [email protected] मा पठाउनुपर्ने फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।
बिजेताले काठमाण्डौमा अायोजना हुने बिशेष कार्यक्रमका बिच पुरस्कार प्राप्त गर्नेछन् । संरक्षक हेम पाठकका अनुसार पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ र प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित समेत गरिने छ ।
अमेरिकाको टेक्सासमा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तिले हरेक वर्ष प्रतिष्ठानबाट भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएका छन् ।
फाउण्डेशनले काठमाण्डौ नजिकै रहेर पनि अति दुर्गममा पर्ने तांमाग बस्तीमा रहेको घुमारचौकमा माध्यमीक बिद्यालय सन्चालन गरेर असहाय बालबालिकाको अध्ययनमा सघाउँदै आएको छ भने त्यस वरपरका धेरै बस्तीहरुलाई स्वरोजगारका कार्यक्रम समेत सन्चालन गरेको छ ।







प्रतिक्रिया