मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा १९ हजार संक्रमित, ६०३ जनाको मृत्यु

भारतमा १९ हजार संक्रमित, ६०३ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा चौबिसघन्टाको समयमा एक हजार ७४९ बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मंगलबार रातिसम्मको तथ्यांकअनुसार भारतमा  ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ९८५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २७३ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १५ हजार १०९ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।
 
मन्त्रालयले भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५८ जना रहेको जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६०३ पुगेको छ ।
 
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मंगलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । 
 
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार ६६६ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच, महाराष्ट्रमा २३२ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५७२ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
 
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच, ४३१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 
 
यस प्रकोपको तेस्रो स्थानमा रहेको भारतको गुजरात राज्य रहेको छ । गुजरात १ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सक्रमणबाट ७१ जनाको मृत्यु भएको छ भने, १३१ जना उपचारपछि घर फर्किएका छन् । 
 
यसैगरी, यस प्रकोपको प्रभावित भारतीय राज्य राजस्थान चौथो स्थानमा रहेको छ ।  राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ५७६ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये २०५ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा २५ जनाको मृत्यु भईसकेको छ ।
 
त्यसैगरी, भारतको तामिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ५२० जना भेटिएका छन् । यहाँका ४५७ जना उपचारपछि घर फर्किएका छन् भने १७ जनाको मृत्यु भएको छ ।  
 
मध्यप्रदेशमा १ हजार ४८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसबाट ७४ जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् ।  
 
भारतको केरला राज्यमा ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ ।   
 
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका छन् । एएनआई