मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

तेल मूल्यमा भारी गिरावट, मूल्य शुन्य

तेल मूल्यमा भारी गिरावट, मूल्य शुन्य


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा तेलको मूल्यमा भारी गिरवाट आई प्रतिव्यारल शुन्य र यसभन्दा पनि तल ऋणात्मक अवस्थामा झरेको छ । सोमवार बजार खुलेको केही छिनमै अमेरिकाको तेल बजारमा पछिल्लो मूल्यमा झण्डै ९५ प्रतिशतले गिरावट आएको थियो ।
 
प्रति ब्यारल करिव १८ अमेरिकी डलरमा रहेको तेलको  मूल्य एकै पटक एक डलरको हाराहारीमा झरेको हो । त्यसपछि यो शुन्यमा झर्यो । यसले विश्व तेल बजारमा हाहाकार मच्चिएको छ ।
 
तेल किन्ने नै नभएपछि मूल्य गिरावट आएको छ । अमेरिकामा तेल राख्ने गोदामपनि भरिन थालेका र बजारमा माग कम भएकाले तेल किन्नेहरुले घटाएर विक्री गर्न थालेका हुन्  । तेल अव कहां राख्ने भन्नेले गर्दा पनि ऋणात्मक मुल्यमा पनि तेल विक्री गर्न थालिएको छ ।
 
कोभिड १९ का कारण तेलको बजारमा केही साता यता गिरावट आईरहेको थियो । माग पनि घटिरहेको थियो । तर, अमेरिकी तेल बजारमा यो गिरावट सन् अमेरिकामा खुला बोलकोबल प्रणालीवाट तेलको मूल्य निर्धारण हुन लागेको १९८३ यताकै सवैभन्दा उच्च हो ।
 
अमेरिका वाहेक विश्व बजारमा भने तेलको मूल्य केही घटेपनि प्रति व्यारेल २५ अमेरिकी डलर भन्दा बढी छ । अमेरिकी तेल मूल्यमा आएको यो गिरावटले अमेरिकाको तेल उत्पादनमा कति गिरावट आउंछ यो भने हेर्न बांकी छ । विश्व तेल बजारमा यसको प्रभाव पनि देखिन बांकी छ ।
 
अमेरिकी विश्वकै सवैभन्दा ठुलो तेल उपभोग गर्ने देश हो ।
 
तेलको मूल्यमा हाहाकार आएपछि अमेरिकी अर्थतन्त्रमा के होला भन्ने आंशका पुन चुलिएको छ । कयौं ठुला बैंकहरुले तेल कम्पनीमा लगानी गरेका छन् । यसले गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या आउन सक्ने जोमिख वढेको छ । घर जग्गा खरिदविक्री देखि रोजगारीका अवसरहरुमा समेत अव के हुन्छ भन्ने जोखिम वढ्ेको छ । 

शेयर गर्नुहोस:

0
Shares