मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हामी चाँडै पूर्वअवस्थामा फर्कन चाहन्छौँ : राष्ट्रपति ट्रम्प

हामी चाँडै पूर्वअवस्थामा फर्कन चाहन्छौँ : राष्ट्रपति ट्रम्प


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार भइसकेको उल्लेख गरेका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि नै पुनः खुल्ने जनाएका हुन् । 
 
राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा भएको दैनिक ब्रिफिङ कार्यक्रमको सम्बोधनका क्रममा उनले केही राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफलपश्चात् बिहीबार नै यसबारे घोषणा हुने उनले बताए । ‘हामी फेरि फर्किन चाहन्छौँ,’ उनले भने, ‘हामी चाहन्छौँ कि हाम्रो मुलुक पुनः फर्कियोस् ।’
 
संयुक्त राज्य अमेरिकामा हालसम्म ६ लाख ४४ हजार ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने २८ हजार ५५४ जनाको ज्यान गइसकेको छ । बुधबारमात्रै अत्यधिक २४८२ जनाको मृत्यु भएको छ । मंगलबार पनि २४०७ जनाले ज्यान गुमाएका थिए । 
 
‘उपरोक्त तथ्यांकले देशव्यापीरुपमा हामी उत्कर्षमा पुगेको संकेत दिएको छ’ ट्रम्पले भने । डोनाल्ड ट्रम्पले अमेरिकामा हालसम्म करिब ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी दिए ।  ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ,’ उनले भनेका छन् ।
 
अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारिखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर, ट्रम्पले कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । उनले भनेका छन्,  ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ ।’
 
अमेरिकामा सबैभन्दा बढी प्रभाव न्युयोर्क सहरमा परेको छ । यहाँ २ लाख १४ हजार ६४८ संक्रमित भएकोमा ११ हजार ५८६ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा बिहीबार ७९९, शुक्रबार ७७७, शनिबार ७८३, आइतबार ७५८, सोमबार ६७१, मंगलबार ७७८ र बुधबार ७५२ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा