मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरानो भाइरसवाट अमेरिकामा एकै दिन १७ सय भन्दा वढीले ज्यान गुमाए

कोरानो भाइरसवाट अमेरिकामा एकै दिन १७ सय भन्दा वढीले ज्यान गुमाए


हिमालयखवर संवाददाता-
अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मंगलवार एकै दिनमा १७३६ जनाले ज्यान गुमाएका छन् । सीएनएनका अनुसार कोराना भाइरसका कारण मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सवैभन्दा उच्च रेकर्ड हो । यो संख्या अझ बृद्धि भई २ हजारसम्म पुग्न सक्ने अनुमान छ ।
 
यस अघि अप्रिल ४ मा एकै दिन १३४४ जनाले ज्यान गुमाएका थिए ।
 
अमेरिकामा मंगलवार सांझसम्म कोराना भाइरस संक्रमितको संख्या करिव ४ लाख पुगेको छ । दैनिक झण्डै ३० हजारका दरले संक्रमित थपिएका छन् 
 
सवैभन्दा धेरै संक्रमित न्यूयोर्कमा छन् । त्यहां मुर्दा घरमा समेत लासले भरिएका छन् । कोरोना भाइरसवाट सवैभन्दा वढी मृत्यु भने इटालीमा भएको छ । तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares