मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाविरुद्धको लडाइँमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी

कोरोनाविरुद्धको लडाइँमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । 
 
भारतमा लकडाउनको घोषणा भएको नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाइ राखेका हुन् । उनले भने– कोरोना भाइरसविरुद्धको लडाइँमा भारत पनि एक्लो छैन र भारतभित्र पनि कोही नागरिक एक्लो छैन ।
 
उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाइ राखेका हुन् ।
 
सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सम्बोधनका क्रममा राखे ।
 
भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गरेको सम्बोधनका क्रममा उनले भने– हामी सबैजना घरमै छौँ तर यो कोरोना भाइरसका विरुद्ध हामी कसरी लड्न सक्छौँ होला भन्ने तपाईंहरुलाई लाग्न सक्छ तर यो लडाइँमा कोही एक्लो छैन, सबै भारतीय नागरिक एकआपसमा साथ रहेका छन् ।
 
उनले विश्वको यति ठूलो जनसङ्ख्या भएको देश भारतीयहरु सबैजना घरमा कसरी रहन सकेका छौँ भन्दै यसले विश्वमा धेरै ठूलो उदाहरण पनि प्रस्तुत गरेको बताए ।
 
यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्णरुपमा नहराउँदासम्म हामीहरु सबैजना घरमै बस्नेछौँ भने ।
 
प्रधानमन्त्री मोदीले अहिले हामी अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने आश्वासन दिए ।
 
काम गरी खाने मजदुर वर्गलाई यो अवस्थाले अप्ठेरो बनाएको भए पनि उनीहरुलाई केही सहयोगको कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा हामी सबै उज्यालोतर्फ प्रवेश गर्ने दिन पनि छिट्टै नै आउने उनले बताए । एएनआई