बिश्व घटना

भारतीय क्रिकेट खेलाडी गम्भीरले दुई वर्षको तलब राहत दिने

भारतीय क्रिकेट खेलाडी गम्भीरले दुई वर्षको तलब राहत दिने


नयाँ दिल्ली । भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने घोषणा गरेका छन् । 
 
सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद्समेत रहेका गम्भीरले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा टेवा पु¥याउन आफ्नो तलब दिने घोषणा गरेको बताएका हुन् । 
 
“अहिले सरकारले मलाई के दियो भनेर प्रश्न गर्नेभन्दा पनि आफूले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ” उनले बिहीवार भने । 
 
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् । 
 
भारतमा बिहीबारसम्म कोरोना भाइरसको कारण एक हजार ९६५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १३१ जना पछिल्लो १२ घन्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
 
कुल बिरामीमध्ये एक हजार ७६४ जना अझै पनि बिरामी अवस्थामा छन् भने ५० जनाको मृत्यु भइसकेको छ । एएनआई