मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै


नयाँ दिल्ली । कोरोना भाइरसको विश्वव्यापी कहर रोकथामका लागि भारत सरकारले लकडाउन गरेपछि यतिबेला भारतका हजारौँ मजदुर गरिखाने वर्गको बिचल्ली भएको छ । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् ।
 
धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर, उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ–आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए ।
 
कतिपय बृद्धबृद्धा छन् त कति स–साना केटाकेटी । केहीमात्र त्यो समूहमा युवायुवती छन् । महिला र पुरुष बराबरी छन् । उनीहरु त्यो मरुभूमिको बाटोमा हिँडिरहेका छन् ।
 
कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् । अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन् ।
 
भारतका ठूला सहरहरुमा कामगर्ने मजदुर आप्रवासीहरु ती सहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन् ।
 
सहरमा मजदुरी काम गर्दै आएका उनीहरु सहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामविहीन बनेका उनीहरु सयौँ माइल हिँडेर गाउँघरमा फर्किंदैछन्।
 
उनीहरु आफैँ पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन् । उनीहरुले सहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन् ।
 
भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् ।
 
विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ ।
 
यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौँ भारतीय नागरिकलाई ठूलो मार परेको छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौँ नागरिकले बिहान बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ ।
 
यसरी सहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्व्याउने हो भने यहाँ यस्तो मजदुर वर्गमा ठूलो समस्या ल्याउने बताइन्छ । एपी

शेयर गर्नुहोस:

0
Shares