मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एसियामा कोरोना नियन्त्रण प्रयास सन्तोषजनक : डब्लुएचओ

एसियामा कोरोना नियन्त्रण प्रयास सन्तोषजनक : डब्लुएचओ


बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् । 
 
कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् ।
 
अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए । 
 
चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका अधिकारीको यो भनाइ सार्वजनिक भएको हो । 
 
चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आएपनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने क्रममा रहेको छ । 
 
चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शुन्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् । 
 
यसैबीच विश्व बैंकले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।
 
विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ ।  सिन्ह्वा