बिश्व घटना

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग


नयाँ दिल्ली । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् । 
 
कोरोना भाइरसविरुद्धको लडाईंमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नाम सूचीमा दर्ता भइसकेको छ ।
 
सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पुर्‍याउने घोषणा गरेका छन् । 
 
यसैगरी, बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग पुर्‍याउने घोषणा गरिसकेका छन् । 
 
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका छन् । भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १२५१ सङ्क्रमित रहेका छन् । एएनआई