मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाले समस्यामा परेका पत्रकार र समुदायलाई सहयोग गर्ने

नेजाले समस्यामा परेका पत्रकार र समुदायलाई सहयोग गर्ने


अमेरिका । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले कोभिड–१९ का कारण समस्यामा परेका उत्तर अमेरिकामा रहेका सञ्चारकर्मी र नेपाली समुदायलाई सहयोग गर्ने तत्पर रहेको जनाएको छ ।
 
नेजाद्वारा सोमबार जारी विज्ञप्तिमा नेपाली संघसंस्थाहरुसँग मिलेर नेजाले सहयोगी हात अघि बढाउने र पत्रकारहरुलाई आवश्यक परे मास्क, ग्लोब्सलगायतका सामग्री उपलब्ध गराउने उल्लेख छ ।
 
‘उत्तर अमेरिकामा रहेका कोही पत्रकार कोभिड–१९ को संक्रमणमा परे वा यो अवस्थामा समस्या भए नेजाले सक्दो सहयोग गर्न तयार छ’, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले भने ।
 
कोभिड–१९ का कारण समस्यामा परेका नेपाली समुदायलाई समेत सहयोग गर्न नेजाले सबैमा आग्रहसमेत गरेको छ ।
 
कोभिड–१९ सम्बन्धमा जनचेतना बढाउने र यसको प्रभाव कम गर्नका लागि समुदायलाई सूचित गर्ने तथा सरकारले ल्याएका राहत कार्यक्रमका सम्बन्धमा पनि समुदायलाई जानकारी गराउनका लागि नेजाले सचेतनामूलक कार्यलाई जोड दिने भएको छ ।
 
नेजाका सल्लाहकारसहित आइतबार बसेको बैठकले नेपाली समुदायलाई आवश्यक सूचना सम्प्रेषणको कार्यलाई नेजाले उच्च महत्त्व दिएर अघि बढ्नुपर्नेमा जोड दिएको थियो ।