मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लकडाउनले दसौँ लाख भारतीय मजदुरको बिचल्ली, प्रधानमन्त्री मोदीले मागे माफी

लकडाउनले दसौँ लाख भारतीय मजदुरको बिचल्ली, प्रधानमन्त्री मोदीले मागे माफी


नयाँ दिल्ली । भारतमा गत मंगलबार रातिदेखि सुरु भएको लकडाउनको कारण दसौँ लाख गरिब मजदुरलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । 
 
दसौँ लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममा उनले बताएका हुन् । 
 
लकडाउन गर्नुभन्दा चार घन्टाअघिको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो । यस कदमको भारतमा निकै आलोचना हुँदै आएको छ । 
 
२१ दिनको लागि भएको लकडाउनबाट करिब एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा मजदूरहरु भोको र बेरोजगार भएका छन् । 
 
साप्ताहिक रेडियो सम्बोधनमा मोदीले भनेका छन्, “मलाई तपाईंहरुको समस्या थाहा छ, तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन। यो जीवन र मृत्युको लडाईं हो र हामीले त्यो जित्नुपर्छ ।’
 
यसैबीच, करार र दैनिक ज्यालादारीका दसौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका बताइएको छ । 
 
प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्थालाई दिएको एक जानकारीअनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए । एएनआई