मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आमा मेरी आमा ,आफ्नो ख्याल गर है

आमा मेरी आमा ,आफ्नो ख्याल गर है


जन्मेको ११ दिन सम्म कुनामा बसेर कोहिसँग नछोइएर नेउ न टल  इन्फेक्सनबाट मलाई बचाउने मेरी आमा ६-६ महिना सम्म पानी पनि नखुवएर आफ्नै दुध खुवायौ । ल्याक्टो  जिन र सेर्लिक्स त पर कै कुरा हो । 
 
६ महिनमा भात खुवाई गर्ने चलन । अहिलेको जस्तो काँहा थियो र ? घिमिरेलाई ताम झाम गरेर मनाएको भात खुलाई फाप्दैन भन्थे । कतै मर्ने पो हुनकी भनेर ताउलोको जुठो खुवाएकी रे । घरको धान्,मकै,गँहुको लिटो बनाएर खुवायौ तेही नै चौरासी ब्यान्जन थियो हाम्रो लागी ।
 
५ बर्ष सम्म सकी नसकि,कहिले अगाडी कहिले पछाडी बोकेर मेला पात गर्यौ । छोडेर गयोकी छोरा छोरिकै हट हटिले काम गरेर हतार हतार घर फर्किन्थ्यौ ।अहिलेको जस्तो चाईड केर , डे केर काँहा हुनु, हिलो, धुलो,भाँडाकुटी खेलेर हुर्केर ५ बर्षमा बल्ल स्कुल गएन्थ्यो रे । स्कुलबाट फर्किदा अहिलेको जस्तो पास्ता ,चौमिन र मो:मोको डल्लो काँहा बाट पाउनु कोदोको बाक्लो ड्म्फे रोटो,भुटेको मकै,गँहुको पिठोमा नुन प्याज हालेर बनाएको गिलो रोटी कती मिठो हुन्थ्यो तेही थियो हाम्रो लागी पिजा । कोदोको बाक्लो रोटी बनाएर राख्दिदा कती बक्लो रोटो पकाएकी भनेर कराउने फाल्ने गर्थेरे, मकै भुटेर राख्दिदा काम छैन सदै मकै भुटेर बस्छे भनेर गाली पनि गर्थे रे तर अहिले तेही खान खोज्दा पाउदिन आमा ।
 
बर्खाको बेला बारिभरी मकै हुन्थ्यो पानीमा रुजी रुजी छानी छानी मकै भाचेर ल्याएर पोलेर बर्दलिमा बसेर झारी परेको हेरेर खादा कती मज्जा आउथ्यो । अहिले यहाँको मकै तिम्रो बारिको जस्तो मिठो छैन आमा ।
 
३-४ जना उत्रा उत्रै हामी थोरै तल माथी भएर झगडा नगरुन भनेर आँप्, लिच्ची अ्बाको बोट्नै भाग लगाइदिन्थ्यौ ।आफ्नो आफ्नो बोट र हागाको फलफुल आकासको पानीले पखालेको छ भनेर नपखाली बादर ले  जस्तै खाएर पेट भरेर झार्थयौ तर पनि कहिले बिरामी परिएन ।
 
बिहानमा खाना बनाउने र साझ्मा एक डोको घाँस काट्ने कि त पँधेराको एक घैटो पानी ल्याउने मेरो डीउटिनै थियो । सबैको  कामको बाड्फाड थियो हाम्रो घरमा । कस्ले पसल खोल्ने,कस्ले घाँस काट्ने,कस्ले खाना बनाउने,कस्ले पानी भर्ने सबैको आआफ्नो डीउटि। बुवाको समेत बिहानै ५ बजे देखी साझ ५ बजेसम्म स्कुल अनि पसल कुर्ने डीउटि थियो । आफ्नो आफ्नो काम सकेर पढ्ने खेल्ने काम पनि सकेकै हुन्थ्यौ । 
 
गर्मिको समय घाँसको भारी बिसाउदा पसिनाले चुर्लिम्मै डुबेको शरिरलाई पँधेराको चिसो पानीले पखाल्दा कती आनन्द आउथ्यो त्यो मैले यहाँ बयान गर्नै सकिन । घर घरमै खानेपानीको धारा नुहाउने  बाथरूम हुँदापनी घाँसको भारी बिसाएर पँधेरामा नुहाउन जाने चलन भन्ने कि बानी भन्ने । मुलको पानी सफा,शुद्ध र चिसो हुन्छ भनेर पानी भर्नेको भिड हुन्थ्यो । सबै सँग पँधेरामानै भेट हुन्थ्यो । पालो कुर्दा कुर्दा कहिले काँही राती भएको पत्तोनै हुन्थेन आमा बत्ती बल्दै लिन आइपुग्थिन ।
 
माटोको घैटो थियो मुलको पानी बोक्ने राख्ने अनि तेही पानी खाने भनेर म र दिदी पालो पालो पानी बोक्थ्यौ कहिलेकाँही त लडेर घैटोनै फुटेर रित्तै घर फर्किन्थ्यौ ।
 
घरकै बारीमा फलेका तरकालीको कराइ भरी झोल हालेर खाँदा पनि कती मिठो अनि चोपिलो हुन्थ्यो ।खाना खाएर लाल्टिनको फेरो लगाएर मजेरिमा बसेर पढ्दा घर भरी मौरिको घन्को जस्तो आवज आउथ्यो तेही आवजले होला दिनभरी काम गरेर थाकेकी मेरी आमा तेही भुसुस्कै निदाउथिन ।
 
घरमा पालेको बुढी भैसिको एक गिलास मनातातो दुध पिएर आहिलेको जस्तो फोंम , ओइदर आनुसारको मेटरेस होईन तिम्रै पुरानो धोती र कपडाले डमेर बनाएको डसनामा बिछ्यएर पूर्व र पश्चिम्मको झ्याल अनि उत्तरको ढोका खोली सरर चिसो हावामा सुत्दा स्वर्गकैआनन्द आउथ्यो ।आसार श्रवाणको समयमा भर्खरै खेतमा धान रोपेपछी भ्यागुताको ट्वार ट्वार आवाजले छुट्टै आनन्द आउथ्यो ।
 
एकाबिहानै चरा चुरुङिको आवज, गोठ्मा बाधेका गाइ भैँसिले सिङ ठोकेको आवाज अनि धारामा पानी बजेको आवाजले निद्रा आफै खुल्थ्यो । न कि अहिलेको जस्तो अलार्म बजाउनुपर्थ्यो ।
 
आहिले आएर आमा यस्तो लाग्छ कि गाउँ घरको धुलो धुँवा, हिलो माटोमा हुर्केको शरिर्,ताजा तरकाली,फलफुल्,मुलको पानी खाएको,प्रकृतिको काखमा हुर्केको,घाँस दाउरा गरेको सानो तीनओ रोग पचाएको भएर होला आत्मबल बलियो भएको । त्यसैले घरी घरी बाहिर जाउ र सबैलाई त्रास देखाएको यो कोरोना भाइरसलाई सबै बल लगाएर मुखमा निलिदिउ जस्तो लाग्छ तर के गर्नु यो हामी मनुस्य भन्दा पनि खतरनाक भएर आयो  केहि पनि गर्न नसक्ने गरी ।
 
त्यसैले आमा आज तिमी भन्दा धेरै पर कहिले देखी उत्पादन गरी प्रोसेसेड गरेको चामल, गेडागुडि,कहिले काँहाको बारिमा फलाएको तरकाली हेर्दा भ्रखरै टिपेको जस्तो देखिन्छ खादा तिम्रो बारिमा फलेको जस्तो स्वाद हुँदैन आमा ।खोइ कसरी फलाएका हुन बारैमासे पाइने फलफुल्, १०-१५ दिन सम्म नबिगृने गरी गयालेनको गयालेन भरेर राखेको दुध्, बोत्तलका बोत्तेल् शुद्धिकण गरेको पानि सबैको जोहो गरेर यो विश्व् व्यापि फैलिएको कोरोनाबाट बच्नन् ए सी को तातो र चिसो बनाउन मिल्ने नितान्त बन्द यो २ कोठमा छुटै,बेग्लइ मोवाइलको सन्सार बाट तिमिलाइ हेर्दै सम्झिदै बसेकि छु।
 
तिमि त खुला आकास मुनि छौ,जता ततै खुल्ल छ, प्रक्रीतिको वरिपरि छौ। आशा गर्छु पक्कै प्र्किर्ति सङ्, हाम्रो नेपालको हावा पानि अनि सस्कार सङ डराउने छ कोरोना, प्रकिर्ति लाइ जित्न सक्ने छैन। तै पनि आफ्नो ख्याल् गर है,साबुन पानिले हात धुनु,पाहुना नबोलाउनु, आफुपनी पाहुना हुन नजानु, गाँउका मान्छे सँग टाढै बाट कुरा गर्नु, हामी सानो हुँदा हाम्रो ख्याल गर्ने तिमी अहिले तिमी आत्तिएको समयमा तिम्रो ख्याल गर्न असमर्थ भए तर पनि कत्ती पिर नगरि, डर नमानी आत्मबल बढाएर, प्रसस्त झोलिलो खानेकुरा खाएर, आफ्नो ख्याल आफै गरी बस है आमा ।
 
यो लेख सुस्मा घिमिरेले लेख्नु भएको हो । लेखक हाल अमेरिकाको सानअनटोनियो सहरमा बस्नु हुन्छ।