मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित : यूनेस्को

कोरोनाका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित : यूनेस्को


पेरिस । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । 
 
विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ । 
 
यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । 
 
यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् ।
 
यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ । एएफपी