मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ अपडेट : विश्वका १६६ देश प्रभावित, ७९८८ जनाको मृत्यु

कोभिड-१९ अपडेट : विश्वका १६६ देश प्रभावित, ७९८८ जनाको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १६६ देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार बिहान ११ः३० बजेसम्म  सात हजार ९८८ जनाको मृत्यु भएको छ । 
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म एक लाख ९८, हजार ६०१ जनामा संक्रमण देखिएकोमा ८२ हजार ७७९ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख सात हजार ८३४ जना संक्रमितको उपचार जारी छ । जसमध्ये छ हजार ४१६ जनाको अवस्था जटिल रहेको छ । 
 
बुधबार बिहानसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २३७ पुगेको छ भने नयाँ संक्रमितको संख्या १३ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ११ रहेको छ । 
 
चीनपछि इटालीमा दुई हजार ५०३ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार ५०६ जना संक्रमित भएका छन् । इरान १६ हजार १६९ जना संक्रमित भएकोमा ९८८ जनाले ज्यान गुमाएका छन् । इरानमा मंगलबार १३५ जनाले ज्यान गुमाएका थिए । यस्तै, स्पेनमा ११ हजार ८२६ व्यक्ति संक्रमित छन् भने हालसम्म ५३३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा मंगलबार १६७ जनाले ज्यान गुमाएका थिए । 
 
दक्षिण कोरियामा आठ हजार ४१३ जना कोरोनाबाट प्रभावित छन् भने ८४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा ९३६७ संक्रमित छन् भने २६ जनाको मृत्यु भएको छ । फ्रान्समा सात हजार ७३० जना प्रभावित रहेकोमा १७५ जनाले ज्यान गुमाएका छन् । यसैगरी, अमेरिकामा ६५१५ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ११५ जनाले ज्यान गुमाएका छन् ।
 
यसैगरी, युकेमा ७१, नेदरल्याण्ड्समा ४३, जापानमा २९,स्वीट्जरल्याण्डमा २७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । [एजेन्सीहरुको सहयोगमा ।]