मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण


काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन वैज्ञानिकहरुको एक समूहले विकास गरेको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गरिएको छ । 
 
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वासिङ्टनको सियटल सहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । 
 
यो खोपले कोरोना भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने यकिनबारे पत्ता लगाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । 
 
कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया जेनिफर हालर रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनेकी छन् । 
 
विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धानमा जुटिरहेका छन् । 
 
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् । 
 
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा परीक्षण हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई एमआरएनए १२७३ को नाम दिइएको छ । 
 
वैज्ञानिकहरुले सो भ्याक्सिनको सफल परीक्षण भए सेवाग्राहीले प्रति भ्याक्सिन एक सय डलर तिर्नुपर्ने बताइएको छ । फोटोः टेड एस.वारेन (एपी)