मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु


पेरिस । कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बिहानसम्म छ हजार ६६३ व्यक्तिको मृत्यु भएको छ ।
 
यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।
 
सोमबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १५७ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म एक लाख ७१ हजार ८७१ जना संक्रमित भएकामध्ये ८८ हजार ५८१ अझै संक्रमित छन् ।
 
हालसम्म ७७ हजार ७८३ जना निको भई घर फर्किएका छन् । चीनमा ८० हजार ८८० व्यक्ति प्रभावित भएका छन् ।  
 
चीनपछि बढी प्रभावित मानिएको इटालीमा २४ हजार ७४७ र इरानमा १४ हजार ९९१ संक्रमित भएका छन् भने कोरोनाको संक्रमणबाट इटालीमा एक हजार ८०९ र इरानमा ८५३ व्यक्तिको मृत्यु भएको छ ।
 
यस्तै, स्पेनमा २९७, फ्रान्समा १२७, दक्षिण कोरियामा ७५ र अमेरिकामा ६९ जनाको मृत्यु भएको छ । एजेन्सी

शेयर गर्नुहोस:

0
Shares