काठमाडौँ । सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण ४६ देशका नागरिकको मृत्यु भएको छ ।
यसबाट विश्वका १५६ देशका कुल एक लाख ६२ हजार ७०१ व्यक्ति प्रभावित भएका छन् । हालसम्म छ हजार ६९ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७६ हजार २१९ जना उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ८० हजार ४१३ जना कोरोनाको सङ्क्रमणमा छन् ।
बिरामीमध्ये ९२ प्रतिशत सामान्य रहे पनि आठ प्रतिशत जोखिममा छन् । मृत्युको हिसाबले ८० वर्षभन्दा माथिका व्यक्तिमध्ये १४.८ प्रतिशत छ । अन्तर्राष्ट्रियस्तरमा क्यानडाली प्रधानमन्त्रीकी श्रीमती, अष्ट्रेलियाली गृहमन्त्री, बेलायती स्वास्थ्यमन्त्री तथा इरानी उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री सङ्क्रमित भएका छन् ।
यस्तै इरानका एक ५५ वर्षीय सांसदको निधन भएको छ । यसैगरी चीन भ्रमणपछि मंगोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।
चीनमा ८० हजार ८४९ जना संक्रमित छन् । जसमा २५ जना नयाँ संक्रमित छन् । चीनमा मात्रै हालसम्म ३ हजार १९९ जनाको मृत्यु भइसकेको छ । चीनपछि इटाली अत्यधिक जोखिममा रहेको मुलुक बनेको छ । इटालीमा हालसम्म २१ हजार १५७ जना संक्रमित छन् भने एक हजार ४४१ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, १३ हजार ९३८ जना संक्रमित छन् भने ७२४ जनाको मृत्यु भएको छ । इरानमा एकैदिन ११३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ८ हजार १६२ संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ । यस्तै, छ हजार ३९२ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ भने १९७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा तीन हजार ४५ जना संक्रमित छन् भने ६० जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् । [समाचार एजेन्सीहरुको सहयोगमा] फोटो : एएफपी
प्रतिक्रिया