हिमालयखवर संवाददाता
अमेरिका- कोरोना भाइरसका कारण विश्वकै सवैभन्दा ठुलो अर्थतन्त्र भएको शक्तिशाली देश अमेरिका ठप्प हुदैं गएको छ । २० भन्दा वढी राज्यका स्कुलहरु वन्द भएका छन् भने भेला सम्मेलन जमघट रोकिएको छ ।
कयौं राज्यले भेला र जमघटमा वन्देज लगाएकाले रेष्टुरेष्टहरुमा समेत ग्राहक देखिन छाडेका छन् । कयौं सिनेमा हल समेत वन्द भएका छन् भने मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रोकिएका छन् । एयरलाइन्स र होटलमा ग्राहक निकै पातलिएका छन् । एप्पलले दुई साता सवै स्टोर वन्द गर्ने घोषणा गरेको छ ।
अत्यावश्यक अवस्था वाहेक मानिसहरु वाहिर ननिस्कंदा मलहरुमा ग्राहक पातलिएका छन् ।
आफ्ना बालबालिकालाई स्कुल पठाउन नपाउंदा कयौं परिवारको दैनिक जीवन शैली बदलिएको छ । समग्रमा अमेरिकाको जनजीवननै कोरोनाले प्रभावित पारेको छ ।
ग्राहकहरुको ट्वाइलेट पेपर, पेपर टावल, सरसफाईका समा, हेण्ड सेनिटाइजर लगायतका वस्तु किन्न स्टोरमा भिड लागेको छ । कयौं स्थानमा यस्ता समानको अभावभएको छ । स्टोरहरु खाली भएका छन् ।
नेपालीहरुले सवैभन्दा वढी प्रयोग गर्ने वास्मती चामलको माग ह्वात्तै वढेको छ । कयौं स्टोरमा यो चामल उपलव्ध छैन । अनलाइनमा किन्दा यसको मूल्य समान्य अवस्थामा भन्दा झण्डै दोब्बर पुगेको छ ।
शनिवार सांझ सम्म अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या करिव ३ हजार पुगेको छ । जसमध्ये ५८ जनाको मृत्यु भएको छ । यो संक्रमितको अंक वढ्दो छ । ५० राज्य मध्ये ४९ राज्यमा कोरोना संक्रमित भेटिएका छन् । आधा भन्दा वढी राज्यले आपतकाल घोषणा गरिसकेका छन्। अमेरिकी राष्ट्रपतिले पनि शुक्रवार अमेरिकाभर राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
ग्यांस स्टेशन र स्टोरमा समेत ग्राहकको संख्यामा कमि आएको छ । यो वढ्दै गए अमेरिका अरु ठप्प हुने त्रास छ ।
नेपाली समुदायलाई प्रभाव
कोरोना भाइरसका कारण नेपाली समुदायपनि प्रभावित भएको छ । नेपाली समुदाय प्राय रेष्टुरेष्ट, आईब्रो, स्टोर लगायतका व्यवसायमा केन्द्रित छ । यी व्यवसायमा ग्राहक पातलिन थालेका छन् । यसले गर्दा नेपाली समुदायको आम्दानी समेत घटेन छ ।
उबर, ट्याक्सी चलाउने नेपालीको संख्या पनि उल्लेख्य छ । यस क्षेत्रमा पनि मन्दी आएको छ । यसले पनि नेपालीको आम्दानी घट्ने छ ।
अमेरिकाको नागरिकता लिएका नेपालीलाई आउने अप्रिल ३० सम्म नेपाल जान लगभग प्रतिवन्ध लगाईएको छ । केही एयरपोर्टमा नेपाल जान लागेका विदेशी नागरिकता लिएका नेपाली फिर्ता भएका समाचार आएका छन् । गैर आवासिय नेपालीलाई नेपाल जान प्रतिवन्ध लगाईएकोमा समुदायमा आक्रोस छ । कयौ नेपाली विद्यार्थीहरु प्रभावित हुन थालेका छन् र
वासिंटन स्थित नेपाली दुतावास मौन
वासिंटन डिसी स्थित नेपाली दुतावास यस समस्यामा मौन वसेको छ । नेपाली समुदाय प्रति कुनै जिम्मेवारी छैन भन्ने जस्तो गरेर दुतावास वसेको छ ।
अहिलेसम्म कुनै नेपाली कोरोनाको भाइरसको संक्रमित भएको पुष्टि भएको छैन ।







प्रतिक्रिया