मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विदेशी नागरिकता लिएका नेपाल जान नपाउने

विदेशी नागरिकता लिएका नेपाल जान नपाउने


हिमालयखवर संवाददाता
अमेरिका- विदेशी नागरिकता लिएका नेपालीलाई आउने अप्रिल ३० सम्म  नेपाल प्रवेश नदिइने भएको छ ।
 
कोराना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले यस्तो निर्णय गरेको हो । यसवाट विदेशमा वस्दा त्यहांको नागरिकता लिएका नेपालीले नेपाल जान पाउने छैनन् । यो निर्णयले हज्जारौं गैर आवासिय नेपाली (एनआरएन) प्रभावित हुने भएको छन् ।
 
अति जरुरी अवस्थामा विदेशी नागरिकता भएका गैर आवासिय नेपालीले नेपाल जानुपर्दा पहिले नजिकको नेपाली दुतावासवाट भिसा लिनुपर्ने, स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्ने र १४ दिन स्व कोरान्टाइनमा वस्नुपर्ने छ ।
 
एनआरएनए कार्ड देखाएर नेपाल प्रवेश अहिलेलाई स्थगन गरिएको छ ।
 
नेपाल सरकारले नेपालको एयरपोर्ट वा प्रवेश विन्दुमा विदेशीलाई दिदैंआएको अप्रिल २० सम्मका लागि वन्द गरिदिएको छ । भिसा लिईसकेकोले पनि नेपाल जांदा सात दिन भित्र मलाई कोरोना भाइरस छैन भन्ने प्रमाणपत्र देखाउनु पर्ने छ ।
 
हवाईमार्गवाट नेपाल प्रवेश गर्ने सवै विदेशीले १४ दिन स्व कोरान्टाइनमा र नेपालीले होम कोरान्टाइनमा वस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
 
होम र स्व कोरान्टाइन के हो स्पष्ट छैन ।
 
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहंदा उच्च सतर्कता र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।
 
सरकारले नेपालीलाई विदेशजान पनि हतोत्साहित गरेको छ । श्रम स्विकृत नदिने, विद्यार्थीलई नो आब्जेक्सन लेटर नदिने लगायतका निर्णय सरकारले गरेको छ ।
 
हिमाल आरोहणपनि स्थगित गरिएको छ । सरकारले विदेशीलाई नेपालमा सभा समारोह पनि नगर्न अनुरोध गरेको छ । तस्बिर: सामाजिक संजाल