मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई कोभिड-१९ को पुष्टि

अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई कोभिड-१९ को पुष्टि


अस्ट्रेलिया । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ भएको पुष्टि गरिएको छ । 
 
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड(१९ भएको पुष्टि गरिएको हो ।’ 
 
डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्‍विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो । 
 
‘क्‍विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्‍न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु’, मन्त्री डुटोनले भने ।
 
अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण बढ्दै जाँदै पूर्वसावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । सिएनएन
 

शेयर गर्नुहोस:

0
Shares