हिमालयखवर संवाददाता-
अमेरिका। अमेरिकाको शेयर बजारमा विहिवार ठुलो गिरावटले हाहाकार मच्चिएको छ । विहिवार बजार बन्द हुदां न्यूयोर्क स्टक एक्स्चेञ्जको मुख्य परिसूचकमा २३५३ अंकले गिरावट आएको छ । यो झण्डै १० प्रतिशत गिरावट हो । यसलाई करिव ३० बर्ष यताकै खराव गिरावटका रुपमा विश्लेषण गरिएको छ ।
यो गिरावटका कारण लगानीकर्ताले अरर्बौ डलर गुमाएका छन् ।
शेयर बजार यो सातानै मन्दीको अवस्थामा प्रवेश गरेको थियो । कोरोना भाइरस र त्यसपछि विश्व तेल बजारमा आएको मूल्य गिरावटले शेयर बजारमा प्रभावित थियो । बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न वेलायत बाहेक २६ युरोपेली देशका नागरिकलाई अमेरिका आउन एक महिनाका लागि प्रतिवन्ध लगाउने घोषणा गरेका थिए । उनको सम्वोधनमा केही वित्तीय सहयोगको पनि घोषणा गरिएको थियो ।
तर, यो वित्तीय बजार वालस्ट्रिटले आशा गरेभन्दा निकै कम थियो । त्यही भएर शेयर बजारमा विहिवार एकाएक पहिरो गएको हो ।
शेयर मात्र होइन विश्व तेल बजारपनि संकटमा छ । मूल्य तल झरेको छ ।
अमेरिकाको अर्थतन्त्रमा अव मन्दीको जोखिम बढेको छ । एयरलाइन्स, पर्यटन लगायत थुप्रै क्षेत्रका कम्पनीले कामदार कटौती गर्न थालेका छन् । सयौं कामदारहरु कटौतीमा परिसकेको द वासिंटन पोष्टले समाचारमा उल्लेख गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या वढ्दो क्रममा रहे यो अवस्था अरु वढ्ने छ ।
अमेरिकामा विहिवार दिउसोसम्म १ हजार ४५९ कोरोना संक्रमित भएका छन् । जसमध्ये ३९ जनाको मृत्यु भएको छ । यो संख्या बढिरहेको छ ।
कोरोना भाइरसका कारण थुप्रै कार्यक्रमहरु रद्द भएका छन् । यसवाटपनि सयौंको आम्दानी प्रभावित भएको छ ।
कोरोनाको भाइरसको असर कहां गएर टुुगिन्छ भन्नेमा अझै अन्यौल छ । तस्बिर: सामाजिक संजाल







प्रतिक्रिया