मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमण १२५ देशमा, चार हजार ७४९ जनाको मृत्यु

कोरोना संक्रमण १२५ देशमा, चार हजार ७४९ जनाको मृत्यु


पेरिस । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देश र आसपासमा पुगेको छ ।
 
भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार ६०४ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७४९ जनाको मृत्यु भएको छ ।
 
कूल संक्रमितमध्ये ६८ हजार ६७० जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
 
बाँकी बिरामी अवस्थामा नै रहेका ५६ हजार १५८ जनामध्ये ५० हजार ४७४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ । तर, पाँच हजार ७११ जना अर्थात्  हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ ।
 
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ ।
 
इरानमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् ।
 
यसैगरी, स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ । 
 
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
 
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । 
 
कोरोनाकै कारण  भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । 
 
सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । एजेन्सी