मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोराना भाइरस महामारी घोषणा

कोराना भाइरस महामारी घोषणा


हिमालयखवर संवाददाता-
अमेरिका। कोरोना भाइरस (कोभिड १९) विश्वभर फैलिदैं गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको प्रकोपलाई महामारी घोषणा गरेको छ । करिव ३ महिना अघि चीनमा पाइएको यो कोराना भाइरस अहिले एक सय भन्दा वढी देशमा फैलिएको छ ।
 
अहिलेसम्म कोरानावाट संक्रमितको संख्या करिव १ लाख २० हजार पुगेको छ भने चार हजार भन्दा वढीको निधन भएको छ । संक्रमित र मृत्यु हुनेको संख्या सवैभन्दा वढी चीनमा छ । तर, केही साता यता, इटाली, इरान, दक्षिण कोरिया, अमेरिका लगायतका देश यो भाइरसको चपेटामा परेका छन् । सन् २००९ पछि डब्टुएचओले यस्तो महामारी घोषणा गरेको हो ।
 
संयुक्त राष्ट्रसंगको मानव स्वास्थ्य सम्वन्धि मामिला हेर्ने डब्लुएचओले कोरोना भारइरसको संक्रमणवाट सृजित अवस्थालार्ई संवेदनशील रुपमा लिन आग्रह गर्दै कोरोना महामारी घोषणा गरेको हो ।
 
कोराना भाइरसले कतिपय अत्यावश्यक वस्तु समान्य भन्दा वढी किन्ने, स्टक राख्ने देखी बालबच्चाको पढाईसम्म  असर परेको छ ।  यसको संक्रमणलाई विस्तार हुन नदिन र छिटो औषधी विकासका लागि कोराना महामारी घोषणा गरी डब्टुटिओले सवैको ध्यान आकर्षित गर्न खोजेको हो ।
 
जर्मन चान्सलर एञ्जेला मार्केलले यो रोगको चपेतामा ७० प्रतिशत जनसंख्या पर्न सक्ने वताएपछि झनै त्रास फैलिएको छ । अमेरिकामा पनि केही स्रोतहरुले ५ लाख भन्दा वढी कोराना संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।
 
कोराना भाइरसवाट अमेरिकामा संक्रमितको संख्या १ हजार माथि पुगेको छ । ३० जना भन्दा वढीको निधन भएको छ । यो संख्या दैनिक बृद्धि भईरहेको छ  ।
 
विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीनलाई पहिले चपेटामा पारेको यो भाइरसले विश्वको ठुलो अर्थतन्त्र भएको अमेरिकालाई पनि चुनौती दिएको छ ।
 
अमेरिकामा शेयर बजारमा केही दिन यता निकै उतार चढाव आईरहेको छ । समग्रमा अर्थतन्त्रको विस्तार रोकिएको छ । मानिसहरुको आवत जावत घटेको छ । यसवाट एयरलाइन्स र होटल व्यवसाय प्रभावित भएका छन् । डिज्नेल्याण्ड जस्ता धेरै मानिस पुग्ने स्थानहरुमा चहलपहल घटेको छ ।
 
विश्व तेल बजारमा ठुलो गिरावट आएको छ । मूल्य र माग दुवै घटेका छन् । तर, उत्पादन नघटेकाले मूल्य के हुन्छ भन्ने अस्थिरता छ ।
 
अमेरिकाका विभिन्न राज्यले पनि कोराना भाइरस आपतकाल घोषणा गरेका छन् । तस्बिर: सामाजिक संजाल