मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरस विश्वका १११ मुलुकमा, तीन हजार ८८८ जनाको मृत्यु

कोरोना भाइरस विश्वका १११ मुलुकमा, तीन हजार ८८८ जनाको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट विश्वका १११ देश र आसपासमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का संक्रमितको संख्या सोमबार राति १० बजेसम्म एक लाख ११ हजार ७५३ पुगेको छ । 
 
विभिन्न समाचार एजेन्सीहरुका अनुसार सोमबार रातिसम्म ३ हजार ८८८ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा मात्रै ३ हजार १२० जनाको मृत्यु भइसकेको छ । जसमा नयाँ मृत्यु हुनेको संख्या २३ छ । चीनमा ८० हजार ७३९ जना संक्रमित भएका छन् । ४४ जनामा कोरोनाभाइरसको नयाँ संक्रमण भएको छ । 
 
चीनमा हालसम्म ५८ हजार ८७७ जना उपचारपश्चात् निको भएका छन् । चीनमा उपचार गराइरहेकामध्ये ५ हजार १११ जनाको अवस्था चिन्ताजनक रहेको छ । चीनपछि कोरोनाको संक्रमणबाट दक्षिण कोरिया प्रभावित भएको छ । कोरियामा हालसम्म ७ हजार ४७८ जना संक्रमित भएका छन् । जसमा ५३ जनाको मृत्यु भएको छ ।  
 
यस्तै, इटालीमा ७ हजार ३७५ व्यक्ति संक्रमित छन् भने ३६६ जनाको मृत्यु भएको छ । यस्तै, इरानमा ७ हजार १६१ जना संक्रमित भएका छन् भने २३७ जनाको ज्यान गएको छ । मृत्यु हुनेको नयाँ संख्यामात्रै ४३ पुगेको छ । 
 
यस्तै, फ्रान्समा १ हजार २०९ संक्रमित भएकोमा २१ जनाको मृत्यु भएको छ । जर्मनीमा १ हजार १६४ संक्रमित पाइएको छ । यस्तै, स्पेनमा १ हजार ५० जना संक्रमित भएकोमा २६ जनाको मृत्यु भएको छ ।
 
जापानको पानी जहाज डायमण्ड प्रिन्सेसमा सवार यात्रुमध्ये ६९६ संक्रमित भएका छन् भने हालसम्म ७ जनाको उपचारका क्रममा मृत्यु भएको छ । 
 
अमेरिकामा ५६६ व्यक्तिमा संक्रमण भएको छ भने २२ जनाको मृत्यु भएको छ । यस्तै, जापानमा ५३० व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएकोमा ९ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् । यसैगरी स्वीट्जरल्याण्डमा ३७४ संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ । नेदरल्याण्डस्मा ३२१ संक्रमित र ३ जनाको मृत्यु भएको छ भने युकेमा पनि ३२१ जना संक्रमित र ३ जनाको मृत्यु भएको छ । 
 
यसैगरी, स्वीडेन २४८, बेल्जियम २३९, नर्वे १८३, सिंगापुर १६०, मलेसिया ११७, हङकङमा ११५(३),अस्ट्रिया ११२, बहराइन १०९, अस्ट्रेलिया ९३ (३), ग्रीस ७४, क्यानडा ६७, इराक ६५(६), कुवेत ६५(१), आइसल्याण्ड ६०, डेनमार्क ५९, युएई ५९, इजिप्ट ५५(१), सान मारिनो ५१(२), थाइल्याण्ड ५०(१), ताइवान ४५(१), भारत ४३,  इजरायल ३९ लगायत रहेका छन् । 
 
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)