मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जल्समा हुने आगामी मार्च ८ रंगहरुको पर्व होली स्थगित

लसएन्जल्समा हुने आगामी मार्च ८ रंगहरुको पर्व होली स्थगित


क्यालिफोर्निया(अमेरिका) – मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर र नेपाल अमेरिका एकता समाजको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली अहिले लसएन्जल्समा आगामी मार्च महिनाको ८ तारिख आईतबारका दिन आर्टेसिया पार्क 18750 Clarkdale  Ave, artesia CA 90701 मा हुन गईरहेको  कार्यक्रम स्थगित गरिएको छ ।
 
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर कोरोना भाईरसको सक्रमणबाट बच्न र सचेत रहन  अनुरोध गर्दै अहिलेलाई आकस्मिक बैठक बसि कार्यक्रम स्थगित गरिएको भनि मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह र  नेपाल अमेरिका एकता समाज का सदस्य नविन पोखरेलले  जानकारी दिनुभएको छ ।