मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना भाइरस : ३० व्यक्तिमा सङ्क्रमणको पुष्टि

भारतमा कोरोना भाइरस : ३० व्यक्तिमा सङ्क्रमणको पुष्टि


भारत । भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ ।
 
प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
 
यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा। हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । 
 
राज्यसभामा बोल्दै उनले भने, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।”
 
उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए ।
 
कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए ।
 
विश्व स्वास्थ्य संगठनको सुझाव र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दाबी उनले गरे । 
 
उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दाबी गरे । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए ।
 
कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

शेयर गर्नुहोस:

0
Shares