मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु

अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु


टेनेसी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।
 
स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । 
 
त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन्  ।
 
टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‍याएको क्षतिबारे भने, “आँधीका कारण ‘यसपटक २४ व्यक्तिको  मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।” 
 
न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares