मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १०० भन्दा वढी

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १०० भन्दा वढी


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या केही दिन यता एकाएक बृद्धि भई एक सय नाघेको छ । जस मध्ये ५२ जना यही भेटिएका हुन् । यो संख्य निरन्तर बढ्दो क्रममा छ ।
 
संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवै वासिंटन राज्यका छन् । मृत्यु हुनेमा करिव ४० बर्ष देखि ८० बर्ष सम्मका छन् । चिकित्सकहरुले कोरोना  भाइरसवा वच्न सतर्क हुन आग्रह गरेका छन् 
 
कोरोना भाइरस सवैभन्दा वढी क्यालिफिोर्निया र वासिंटन राज्यमा देखिएको छ । यी राज्यमा २० र १८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
 
कोरोना भाइरस संक्रमितको संख्या वढ्ने क्रम देखिएपछि अमेरिकामा सावधानी अपनाईएको छ । केही सार्वजनिक कार्यक्रम रद्द गरिएका छन । वासिंटन राज्यमा केही स्कुलहरु बन्द भएका छन् । कोरोना फैलिन नदिन वासिंटन प्रशासनले विभिन्न तयारी गरेको छ । कोरोना प्रभावित देशवाट अमेरिका आउनेलाई कडाई गरिएको छ ।
 
करिव दुई महिना अघि चीनमा कोरोना भाइरस देखिएको थियो । यसवाट चीन सवैभन्दा वढी प्रभावित भएको छ । पछिल्लो समयमा इटानी, दक्षिण कोरिया, इरान र अमेरिकामा यसका संक्रमितको संख्या उच्चदरले वढेको हो । करिव ९० हजार कोराना संक्रमित भएका छन् । जसमध्ये ३ हजार भन्दा वढीको मृत्यु भएको छ ।
 
कोरोना भाइरसको खोप तयार भएको दावी गरिएपनि यसको मानिसमा परिक्षण हुन बांकी छ ।
 
अमेरिकामा कोरोना भाइरस वढ्ने क्रम रहेपनि शेयरबजारमा भने सोमवार एकाएक उछाल आएको छ । गत साता ठुलो गिरावट आएको शेयर बजारमा यो साताको पहिलो दिनमा केही सुधार भएको हो । एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुक एकाएक चीनको एप्पल स्टोरमा देखिएका थिए । संयोग केही दिन देखि घटिरहेको एप्पलको शेयरमा सोमवार सुधार आयो ।
 
विश्वका ठुला अर्थतन्त्र भएका देशका केन्द्रिय बैंकले अर्थतन्त्र उकास्न विशेष योजना ल्याउने तयारी गरिरहेको भन्ने अनुमानका आधारमा पनि शेयर बजारमा उछाल आएको विश्लेषकहरु वताउंछन् । तस्बिर: सामाजिक संजाल